Rule 28
नेपाल सरकारले निकुञ्जको हितका लागि सेवा सञ्चालन गर्न गराउन सक्ने:

(१) निकुञ्जको हितको लागि नेपाल सरकारले निकुञ्जभित्र होटल, लज, छाप्रो, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा वा सुविधाको व्यवस्था आफैं वा कुनै व्यक्तिसित करार गरी सञ्चालन गर्न गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अन्य व्यक्तिबाट सेवा सञ्चालन गराउँदा नेपाल सरकारले आवश्यकतानुसार त्यसको शर्त तोक्न सक्नेछ ।

(३) यो नियमावली लागू हुनुभन्दा अघिदेखि निकुञ्जभित्र सञ्चालन` भएको होटल, लज, रेष्टुराँ वा चिया पसलका मालिकले यो नियमावली प्रारम्भ भएको मितिले छ महिनाभित्र यस नियमावली बमोजिम नेपाल सरकारसित करार गर्नु पर्नेछ ।